जवरजस्ती करणी गरेको अभियोगमा बुटवल १८ का १९ वर्षीय रामकिशन पक्राउ

795

जवरजस्ती करणी गरेको अभियोगमा बुटवल १८ का १९ वर्षीय रामकिशन पक्राउ

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती आफ्नै गाउँकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
मदिरा सेवन गरेर रातीको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसि जवरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनु भयो । पक्राउ परेका थारु बिरुद्ध जवरजस्ती करण उद्योगमा कारवाहीकालागि अनुसन्धान अगाडी बढाईएको पनि उहाँले जानकारी गराउनु भयो ।