सञ्चार मन्त्री बास्कोटाद्वारा राजिनामा

704

सञ्चार मन्त्री बास्कोटाद्वारा राजिनामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले राजिनामा दिनुभएको छ । घुस काण्डमा मुछिएका मन्त्री बासकोटाले राजिनामा गरेको सभामुख अग्नी सापकोटाले संसदमा जानकारी गराउनु भएको हो ।
संसदको बैठकमा प्रमुख विपक्षि दल नेपाली काँग्रेसले सोही बिषयालाई लिएर सरकारका प्रवक्ता सञ्चारमन्त्री बासकोटाको राजिनामा माग गरेको थियो । उक्त विषयलाई लिएर काँग्रेसले सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्री बासकोटाले राजिनामा गरेको गरिसकेको बताउनु भएको हो ।
प्रमुख विपक्षि दल नेपाली काँग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटक पटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र यसलाई भ्रष्टाचारको बिषय बनाईनु पर्ने माग गरेको छ । सञ्चारमन्त्री बासकोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो मिडियाबाट सार्वजनिक भएको हो ।