“विपत्ति वाजा बजाएर आउँदैन, बेलैमा सजग होऔं”

“विपत्ति वाजा बजाएर आउँदैन, बेलैमा सजग होऔं”

नेपाल रेडक्रस शोसाईटी प्युठान शाखाको आयोजनामा ३६ औं जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस सर्कल गोष्ठि सम्पन्न भएको छ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ हंसपुर चाभा स्थित सरस्वती माध्यमिक बिद्यालयमा भएको गोष्ठिमा जिल्लाका ६० बिद्यालयका शिक्षक नायक र छात्र छात्रा गरि झण्डै २ सय शिक्षक बिद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस शोसाईटी प्युठान शाखाका सभापति गुमानराज पुलामीले बिद्यार्थीलाई सानैदेखि सामाजिक सेवामा कृयाशिल गराउनकालागि जुनियर रेडक्रश सर्कलको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले विपत्ति आउँदा बाजा बजाएर नआउने भएकाले विपत्तिको सामना गर्न सक्नेगरी स्रोत र साधनको व्यबस्थापन गर्दै सजग भएर बस्नुपर्ने बताउनु भयो ।
जुनियर रेडक्रस सर्कल सरस्वती माध्यमिक बिद्यालयको व्यबस्थापनमा कार्यक्रम भएको थियो । सोही बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बेदबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, वडा नं. ३ का अध्यक्ष भिमबहादुर मर्साङ्गी, नेपाल रेडक्रस शोसाईटी प्रदेश सभाषद नारायणप्रसाद पौडेल, नेपाल रेडक्रस शोसाईटी हंशपुर उपशाखाका प्रमुख खेमराज आचार्य, मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसै अवसरमा जुनियर युवा रेडक्रम सर्कलमा उत्कृष्ट काम गर्ने दुई जना बिद्यार्थीलाई सम्मान गरिएको थियो । गोष्ठिमा जुनियर/युवा सर्कलका जिल्ला संयोजक ज्ञानहरी रिजालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने रेडक्रसको परिचय, सात सिद्धान्तको व्यवहारिक प्रयोग, सकारात्मक सोच, जलवायु परिवर्तन, रेडक्रस चिन्हको दृश्यात्मक प्रयोग लगायतका विषयमा जानकारी गराईएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares