कोरोना भाईरस संक्रमणको आशंकमा बुटवलमा एकजना अस्पताल भर्ना भएका छन् । छिमेकी मुलुक चिनबाट फैलिएको विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण भएको आशंकामा एक जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर राखिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार कोरोनाको आशंकामा उक्त व्यक्तिलाई अस्पतालको आईसुलेसनमा राखिएको र ल्याव परिक्षणकालागि ‘स्याम्पल ’काठमाण्डौको टेकु अस्पतालमा पठाईएको छ । उक्त बिरामीको व्यक्तिगत बिवरण भने गोप्य राखिएको छ ।
उक्त ‘स्याम्पल’को रिपोर्ट आएपछि मात्रै कोरोना हो वा होईन पुष्टि हुने उहाँले बताउनु भयो । उक्त स्पाम्पलका रिपोर्ट आउनकालागि करिव ३/४ दिन लाग्ने पनि उहाँले जानकारी दिनुभयो । मेडिकल सुपरिटेन्डेन्ट खनालले केही लक्षण मिलेकाले आशंका मात्रै गरिएको र यसबाट कसैलाई पनि नआत्तिन आग्रह गर्नुभएको छ ।