१७ लाख रुपैंया घुस लिँदैगर्दा नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जना पक्राउ

१७ लाख रुपैंया घुस लिँदैगर्दा नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जना पक्राउ

रुपन्देहीको नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठ सहित ५ जना मोटो घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले उनीहरुलाई १७ लाख रुपैंया घुस सहित पक्राउ गरेको हो ।
सेवाग्राहीसंग घुस लिनेक्रममा भैरहवाको अशोका होटल अंगाडीबाट नापी अधिकृत श्रेष्ठ सहित सर्वेक्षक थानेश्वर चौधरी, तिर्थराम भण्डारी, मालपोत कार्यालयका नायव सुब्बा धर्मराज पन्थी, लेखापढी व्यबसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो । उक्राउ परेका उनीहरु उपर थप अनुसन्धान सुरु भएको पनि उहाँले जानकारी गराउनु भयो ।

Share This
  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares