जैसवालको अध्यक्षतामा लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमिति चयन

1.1K

जैसवालको अध्यक्षतामा लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमिति चयन

लायन्स क्लव अफ बुटवलको अध्यक्षमा संजय कलवार जैसवाल चयन हुनु भएको छ । क्लवको सोमबार सम्पन्न अधिवेशनले जैसवालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा लोकप्रसाद खरेल, द्वितीय उपाध्यक्षमा महेशप्रसाद श्रेष्ठ र तृतीय उपाध्यक्षमा सरदमान श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सहसचिवमा गंगाप्रसाद ढकाललाई चयन गरिएको छ भने ९ निर्देशक पदमा आनन्दप्रसाद वझा, उमेश अमात्य, प्रदिप शाक्य, रोषनकुमार श्रेष्ठ, राजिव श्रेष्ठ, पवनकुमार श्रेष्ठ, अशोक अमान्य, सुवर्णलाल श्रेष्ठ र दिनेशकुमार प्रधानलाई चयन गरिएको छ ।
त्यस्तै क्लवको टेल ट्वीस्टरमा निरजप्रसाद लाकौल, टेमरमा श्यामप्रसाद देवकोटा र क्वल मार्केटिङ् कमिसन चियरप्रसनमा मृगेन्द्रगोबिन्द श्रेष्ठलाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत तथा क्लवका पूर्व अध्यक्ष अनिलप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
त्यसै अवसरमा नवनिर्वाचित अध्यक्ष संजय कलवार जैसवालले सचिव पदमा प्रतिक पोखरेल, कोषाध्यक्ष पदमा बासुदेव श्रेष्ठ तथा लायनेश सल्लाहकारमा क्लवका निवर्तमान अध्यक्ष नरेशकुमार श्रेष्ठ र लियो सल्लाहकारमा क्वलका पूर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई मनोनित गर्नुभएको छ ।
त्यस्तै सोमबार नै सम्पन्न लायनेश क्लव अफ बुटवलको अधिवेशनले वर्ष २०२१ कालागि अध्यक्षमा मिश्रा श्रेष्ठ निर्वाचित हुनु भएको छ । क्वलकी अध्यक्ष पुजन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा पुष्पा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मेनुका श्रेष्ठ, तृतीय उपाध्यक्षमा वेगम श्रेष्ठ तथा सचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा सीता ध्वजुलाई चयन गरिएको छ । त्यस्तै लियो क्वल अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठको अध्यक्षतामा भएको लियो अधिवेशनले हिमालय भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । लियो क्लवको प्रथम उपाध्यक्षमा रमेश न्यौपाने, द्वितीय उपाध्यक्षमा राहुल बर्मा, तृतीय उपाध्यक्षमा तृप्ती लिगल तथा सचिवमा सुविन थान्जु श्रेष्ठ र कोषाध्यक्षमा सतिस सापकोटालाई चयन गरिएको छ ।
त्यसै अवसरमा शंकरनगर बनबाटिका भित्र लायन्स क्वल अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्वल अफ बुटवलले संयुक्त रुपमा निर्माण गरेको रोज गार्डेनको उद्घाटन गरिएको छ । उक्त रोज गार्डेन (फूलको बगैंचा)को उद्घाटन गर्दै लायन्स क्लवका डिष्ट्रिक गभर्नर अनुप पहाडीले लायन्स क्लव अफ बुटवलले गरेका कामले लायन्स क्लवको गरिमालाई माथि उठाएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि समाज सवाको क्षेत्रमा रचनात्मक काम गर्न सुझाव प्रदान गर्नुभयो ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नरहरु अरुणप्रताप राणा, महेन्द्रनारायण श्रेष्ठ, एरिया चिफ बिनोद खरेल, लायन्स को चिफ एड्भाईजर अर्जुनमान सैंजु, शरदमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।