अत्यावश्यक काममा बाहेक अस्पताल नजान डा. ढकालको अपिल

1K

अत्यावश्यक काममा बाहेक अस्पताल नजान डा. ढकालको अपिल

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. ईन्द्र ढकालले अत्यावश्यक समस्या बाहेक सामान्य समस्यामा अस्पताल नजान अपिल गर्नुभएको छ । छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणको नेपाल उच्च जोखिममा छ । कोरोना भाईरसको संक्रमण हुन नदिनकालागि उहाँले यस्तो सल्लाह दिनुभएको हो । उहाँले आफ्नो फेसबुबका स्टाटस लेख्दै सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर भएकाले घरमै सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
उहाँले भाईरस सर्ने, सार्ने, जोखिम भएका सबै आउने ठाउँ अस्पताल भएको अस्पताल बढी जोखिमपूर्ण ठाउँ भएकाले साधारण चेकजाँचकालागि अस्पताल नजान पनि सुझाव दिनुभएको छ । अत्यावश्यक काम परेमा पनि अस्पताल जाँदा सुरक्षित हुन उहाँले आग्रह गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ –‘सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हो र सबैभन्दा जोखिमपूर्ण ठाउँ अस्पताल हो । भाईरस सर्ने/सार्ने/जोखिम भएका सबै आउने ठाउँ अस्पताल नै हो । त्यसैले अत्यावश्यक समस्या बाहेक साधारण चेकजाँच या बिदाको बेला बिमा सदुपयोग भन्दै, होलबडी चेकअप गरिहालौं भन्दै अस्पताल नजाऔ, बरु घरमै बसौँ, सुरक्षित रहाँँ ।’