कोभिड-१९ : हातधुन सिकाउदै ‘रामपुर साकोस’

653

कोभिड-१९ : हातधुन सिकाउदै ‘रामपुर साकोस’

सुशीला रेग्मी /

रामपुर वचत तथा ऋण सहकारी संस्थाले विश्वरभर फैलिएको नोबेल कोरना भाइरसको संक्रमणबाट सचेत रहन बेझाड बजारमा धारा जडान गरी हातधुने व्यवस्था मिलाएको छ । बेझाड बजार प्रहरीबिट नजिकै धारा जडान गरी भाइरस संक्रमण्बाट सजग रहन सर्वसाधारणलाई हातधुन सिकाएको छ ।
रामपुर बेझाड बजार भित्रने यात्रु तथा ग्राहक, सेवाग्राहीहरु तथा सर्वसाधारणका लागि धारा जडान गरी साबुनपानीले हातधुने व्यवस्था मिलाएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।
“बजारमा सामान किनमेल गर्ने होस् या गाडीबाट ओर्लने यात्रु, विभिन्न संघ संस्थामा सेवा लिन जाने सेजाग्राही एवम् सर्वसाधारणलाई सचेत गराउँदै साबुनपानीले हातधुन सचेत गराइएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
सहकारीले हरेक क्षेत्रमा सेवा लिन जादा साबुनपानीले हात धोएर मात्र जान, गाडीबाट ओर्लेपछि हातधुन जनचेतना दिइरहेको छ । कोरना भाइरसको संक्रमणबाट सजग रहन नियमित मास्कको प्रयोग, साबुनपानीले मिचिमिचि हातधुने, भीडभाडमा नजान सहकारीले सर्वसाधारण सबैमा अनुरोध गरिरहेको व्यवस्थापक रामचन्द्र अधिकारीले बताउनुभयो । सहकारीले बजार क्षेत्रमा धारा जडान गरी साबुनपानीले हातधुने व्यवस्था मिलाएको यस कार्य अत्यन्त राम्रो रहेको बजारवासी सर्वसाधारण नागरिकले बताएका छन् ।