नेपाली कांग्रेसको तर्फबाट रिक्त रहेको प्रदेश सभा सदस्यमा दाङका शंकर गिरीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । नेपाली कांग्रेसका सांसद तथा दलका नेता वलदेव शर्मा पोख्रोलको मृत्यु भएपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले दिएको प्रमाण पत्रका आधारमा गिरीको औपचारिक रुपमा पद तथा गोपनियताको सपथ भएको हो । प्रदेश नं. ५ को प्रदेश सभाका सभामुख पुर्ण वहादुर घर्तीले एक समारोहकाविच गिरीलाई सपथ ग्रहण गराउनु भएको हो ।
दाङ जिल्लावाट प्रतिनिधित्व गर्ने गरि नेपाली कांग्रेसले पेश गरेको समानुपातिक सुची अन्तरगत खस आर्यको २ नम्मरमा उहाँको नाम थियो । त्यसकारण उहाँ स्वतह प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । सपथ लिएसंगै संचारकर्मीहरुसंग कुरा गर्दै गिरीले पार्टीले ठिलै भएपनि न्याय गरेको महसुस भएको प्रतिक्रिया दिनुभयो । उहाँले पार्टीको नीति निर्देशन र आफ्नो विवेक प्रयोग गरि प्रदेश सभामार्फत जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेस सरकारका मन्त्रीहरु सांसदहरु एवं दलका नेताहरुले बधाई ज्ञापन गरेका थिए । ०२६ सालदेखि राजनीतिमा सक्रिय गिरी नेपाली काँग्रेस दाङ जिल्लाको विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । हाल पार्टीको महासमिति सदस्य रहुन भएका गिरी जिल्लामा पार्टीको बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।