निर्माण सामाग्रिका व्यबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

651

निर्माण सामाग्रिका व्यबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघले व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ । छिमेकी मुलुक चीनबाट फैलिएर विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुन नदिन र त्यसबाट बँच्नकालागि संघले व्यबसायिक प्रतिस्ठान बन्द गर्न व्यबसायीलाई आग्रह गरेको हो ।
संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरि विषम परिस्थितीमा सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह गरेको हो ।
संघका अध्यक्ष सुनिल मरासिनीले जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि परिस्थिती सहज नहुँदा सम्मकालागि व्यबसायिक प्रतिस्ठान (हार्डवयर पसल) बन्द गरि सहयोग गर्नकालागि आग्रह गरिएको हो । त्यस्तैगरी निर्माण सम्बन्धि काम गर्ने निर्माण व्यबसायीहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।