प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले १५ दिनको तलव सहयोग गर्ने

942

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले १५ दिनको तलव सहयोग गर्ने

प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साँंसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएका छन् । नेपाली काँग्रेस प्रदेश पाँच प्रदेश संसदीय दलको निर्णय अनुसार प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस निणन्त्रण कोषमा सांसदहरुले १५ दिनका सलव सहयोग गर्ने भएको प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले जानकारी गराउनु भयो । प्रदेश पाँचमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका १९ सांसद छन् ।