अष्ट्रेलीया जाँदा लगेजबाटै सुनका गरगहना हरायो

अष्ट्रेलीया जाँदा लगेजबाटै सुनका गरगहना हरायो

नेपालबाट अष्ट्रेलिया जाँदा एक नेपालीको लगेजबाटै सुनका गरगहना हराएको छ । गत शुक्रबार (चैत ७ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिल्क एयरबाट सिंगापुर हुँदै अष्ट्रेलियाको डार्विन गएकी श्रद्धा बरालको तीन लगेजमध्ये एक लगेज फुटाएर ९ तोला सुन चोरिएको उहाँले जानकारी गराउनु भयो ।
उहाँका अनुसार ताला लगाएको लगेज फुटाएर सुन झिकिएको छ, पोतेमा रहेको १ थान तिलहरी, एक जोडी झुम्का, मोतीमा रहेको १ थान जन्तर, ३ थान औंठी, सिक्री र लकेट १ थान, टप एक जोडी गहना चोरी भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज जिम्मा लगाएपछि डार्विन पुगेर हेर्दा लगेज फुटालिएको भेटिएको उहाँले गुनासो गर्नुभयो । हराएको थाहा भएपछि त्रिभुवन विमानस्थलमा फोन गर्दा आफूहरुको जिम्मा नभएको जवाफ पाएको उहाँले बताउनु भयो । सिल्क एयरमा ई–मेल गरे पनि जवाफ नपाएको उहाँको गुनासो छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share