ग्राहकलाई सुविधाकालागि एनआईसी एसियाको लकडाउन अवधिभर ग्राहक सहायता केन्द्र

ग्राहकलाई सुविधाकालागि एनआईसी एसियाको लकडाउन अवधिभर ग्राहक सहायता केन्द्र

एनआइशी एसिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्द कार्कीले बताउनु भयो ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै लकडाउन घरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो । बैंकले प्रदेश कार्यालयका साथै प्रदेश ५ का ६ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दिपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
ग्राहक सहायता केन्द्र अन्तर्गत नेपालगन्ज एसपिओ कार्यालयका लागि माधव बेलबासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दिपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।
लकडाउनको समयमा ग्राहकलाई पैसाको आवश्यक परेमा प्रदेश ५ अन्तर्गत खुला रहेका ६७ वटा एटीएमबाट सेवा लिनसक्ने गरी खुला गरिएको उहाँले जानकारी गराउनु भयो । लकडाउन अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल, तुलसीपुर, नेपालगन्ज, लिवाङ र रुकुमकोट शाखा खुला गरिएको बैंकले जनाएको छ ।
कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल व्यालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएकाले ग्राहकहरुले डिजिटल बैंकिङबाट कारोबार गर्न सक्ने उहाँले बताउनु भयो । मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएको उहाँले जानकारी गराउनु भयो ।

Share This
  • 410
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    410
    Shares