रुपन्देहीको रोहिणीमा १५ शैयाको क्वारेन्टाईन

726

रुपन्देहीको रोहिणीमा १५ शैयाको क्वारेन्टाईन

रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ । मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक बिद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको हो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागी क्वारेन्टाईनको आवश्यकता भएको उल्लेख गर्दै गाउँपालिकाबाट पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएको बताउनु भयो । कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनीमाथी बिशेष निगरानी राखिएको यादवले जानकारी गराउनु भयो ।
रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भिम अस्पतालमा स्वास्थ्य परिक्षण गरि उनलाई सोही क्वारेन्टाईनमा राखिने भएको छ । गाउँपालिका अध्यक्ष यादवले बिदेशबाट आएका ब्यक्ति तथा संक्रमितको आशंका गरिएका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको बताउनु भयो । सेल्फ क्वारेन्टाईनमा बस्न नमान्ने वा अन्य शंकास्पद ब्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा गाउँपालिकाले क्वारेन्टाईनमा राख्ने छ । यसको लागी अत्यावश्यक औषधी लगायत, प्रतिकार्य सामाग्रीको व्यवस्थाको लागी गाउँपालिकाले प्रयास गरि रहेको छ ।
कोरोना भाईरसको संक्रमित भए आफुलाई मात्र नभई आफ्नो परवार हुदै समाजलाई नै असर पार्ने हुदा बाहिरबाट आएका ब्यक्तिहरु सेल्फ क्वारेन्टाईन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाईनमा बस्न यादवले अनुरोध गर्नुभयो । यस्तै गाउँपालिकाले बिदेशी मुलुक र भारतअन्य ब्यक्तिहरुको ब्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यस्ता ब्यक्तिहरुको विवरण संकलनको लागि स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।