उडान रोकिँदा स्याम्पल पठाउन समस्या

उडान रोकिँदा स्याम्पल पठाउन समस्या

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को आशंका गरिएका बिरामीको ल्याव परिक्षणकालागि स्याम्पल पठाउन समस्या भएको छ । कोरोना भाईरसको संक्रमण भित्रिन नदिनकालागि सरकारले एक साताका लागि देशलाई लक डाउन गर्नुका साथै उडान समेत रोकेपछि स्याम्पल पठाउन समस्या भएको हो ।
कोरोना भाईरस (कोभिड–१९) को स्याम्पल परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा मात्रै हुने भएकाले देशको जुनसुकै स्थानबाट पनि काठमाण्डौ नै पठाउनु पर्ने बाध्यता छ । सरकारले देशमा लकडाउन गरेपछि बिमान अवरुद्ध हुँदा स्याम्पल पठाउन पनि समस्या भएको बुटवल कारोना बिशेष (अस्थायी) अस्पतालका फोकल प्रसन डा. सुदर्शन थापाले बताउनु भयो ।
उक्त अस्थायी कोरोना अस्पतालमा तीन दिन यता आएका ७ जनामध्ये ६ जनाको स्याम्पल आज (बिहिबार) मात्रै विश्व स्वास्थ्य संगठनको सहकार्यमा गाडीबाट पठाईएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १ जना आज स्याम्पल पठाईसकेपछि आएकाले पठाउन पाईएन । उक्त स्याम्पल सम्भवतः भोली शुक्रबार पठाईने छ ।
उक्त अस्थायी अस्पताल नबन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाको आशंकामा १० जना बिरामी आएका थिए । उनीहरु सबैजनाको स्याम्पल रिपोर्ट नेगेटिभ आएको छ । कोरोना आशंकामा अस्पताल भर्ना भएका बिरामीको रिपोर्ट नेगेटिभ आएपछि त्यसमध्ये ८ जना निको भई घर फर्किसकेका छन् भने बाँकी २ जना उपचाररत नै छन् । अस्थायी अस्पताल सञ्चालन भएपछि कोरोनाको आशंकामा ७ जना बिरामी आएको फोकल प्रसन डा. थापाले जानकारी गराउनु भयो ।

Share This
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares