गौशालामा पालिएका गाईलाई दाना र घाँसको अभाव

गौशालामा पालिएका गाईलाई दाना र घाँसको अभाव

सुशीला रेग्मी /

सरकारले लकडाउन गरेपछि रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाम नजिकै गौशालामा पालिएका गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ । कोरना भाइरसबाट सजग रहन सरकारले लकडाउन गरेपछि रामपुरका बजार व्यापार व्यवसाय ठप्प छन् । जसले गर्दा गाईलाई खुवाउन दाना र घाँसको समस्या परेको छ । दानापानी तथा घाँसपात, परालको समस्या परेपछि नगरवासी संग अभाव परिपूर्ति गर्न अनुरोध गरिएको छ ।
गौशालामा पालिएका एक सय ३५ गाई छन् । यिनिहरुलाई दानापानी, घाँसपात र परालको व्यवस्थापन गर्न समस्या परिरहेको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
बजारबाट दाना ल्याउन, आवतजावत गर्न, घरबाट बाहिर निस्क्न निषेध गरिएपछि दानापानी, घाँसपात अभावको समस्या परेको अध्यक्ष न्यौपाने बताउनुहुन्छ । टाढा टाढा घाँसपात लिन जान पनि लकडाउनले गर्दा समस्या परेकाले तत्कालका लागि गाईलाई भोकमरीबाट बचाउन अध्यक्ष न्यौपानेले सबैसंग आग्रह गर्नुभएको छ ।
रामपुर नगरपालिका भित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०÷२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ । एक महिना अघिबाट मात्र यहाँ गाई पाल्न थालिएको हो ।

Share This
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares