बुटवलमा कोरोना आशंकीतको मृत्यु : सम्पर्कमा रहेकालाई क्वारेनटाईनमा राख्ने तयारी

2.2K

बुटवलमा कोरोना आशंकीतको मृत्यु : सम्पर्कमा रहेकालाई क्वारेनटाईनमा राख्ने तयारी

बुटवलको कोरोना बिशेष (अस्याथी) अस्पतालमा राखिएका एक जना कोरोना भाईरस (कोभिड–१९) आशंकित बिरामीको ज्यान गएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भईरसको आशंकीत रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ का ३४ वर्षीय बाबुराम थापाको ज्यान गएको हो ।
दुबईबाट यहि चैतको ६ गते काठमौण्डौ आएका उनी ७ गते बुटवल आएका थिए । ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि उनलाई १३ गते अपरान्न लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराउनु भयो ।
उनको निधनको कारण कारोना नै हो भन्ने भने पुष्टि भईसकेको छैन। बिमान उडान नहुँदा स्याम्पल पठाउन समस्या भएका कारण आज (आईतबार) बिहान मात्रै उनको स्वाव काठमाण्डौ पठाईएको उहाँले जानकारी गराउनु भयो । बिहान करिव १० बजेदेखि स्वास्थ्यमा अलि बढी समस्या देखिएको र मध्यान्न साढे १२ बजेको समयमा ज्यान गएको अस्पतालले जनाएको छ ।
पाल्पा रिब्दीकोट गाउँपालिकाका उनी दुबईमा ट्याक्सी चालकको रुपमा काम गर्थे । दुबईबाट फर्किएपछि ६ दिनसम्म रुपन्देहीको सैनामैना मुर्गीया घरमै रहेकाले उनीसंग सम्पर्कमा रहेकालाई सैनामैना स्थित क्वारेनटाईनमा राख्ने तयारी भएको पनि डा. गौतमले जानकारी गराउनु भयो । उहाँले मृतक व्यक्तिसंग कोको संम्पर्कमा थिए, उनीहरुको खोजी गरेर क्वारेनटाईनमा राख्ने तयारी भएको जानकारी गराउनु भएको हो ।
अहिलेसम्म उक्त अस्पतालमा २२ जना आशंकीत आएकामध्ये ६ जना मात्रै अस्पतालमा रहेको फोकलप्रसन डा. सुदर्शन थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार त्यसबाहेक १५ जनाको रिपोर्ट नेगेटिभ आएको र निको भई घर फर्किसकेका छन् ।