बुटवलमा लागुऔषध सहित दुईजना पक्राउ

बुटवलमा लागुऔषध सहित दुईजना पक्राउ

बुटवलको देविनगरबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २० एम्पुल नुफिन, २० एम्पुल सेरिज्याक र २० एम्पुल फेनारागन सहित प्रहरीले स्थानीय ३१ वर्षीय शिव थापा र २३ वर्षीय इन्द्र गुरुङलाई पक्राउ गरेको हो ।
बुटवल ११ देविनगर अस्थायी प्रहरी चौकी प्रमुख रुमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद देखिएका उनीहरुलाई खान तलासी गर्दा लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बाटोमा हिंडीरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी गराउनु भयो ।

Share This
  • 167
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    167
    Shares