यहि चैतको १६ गते आइतबार बुटवलको कोरोना विशेष अस्थाइ अस्पताल मृत्यु भएका सैनामैनाका बाबुराम थापाको उपचारमा लापरबाही भएको भन्दै नेपाली काँग्रेस नगर समितिले घटनाको निश्पक्ष छानबिन र पिडीत परिवारलाइ क्षतीपुर्ति दिन माग गरेको छ ।
ज्वरो आएर अस्पताल गएका बिरामीले कोरोनाकै नाममा उपचार नपाएर ज्यान गुमाउनु निन्दनीय रहेको भन्दै नेपाली काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डेले घटनाको निश्पक्ष छानबिन गरी पिडीत परिवारलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग गर्नुभएको हो । नगरसभापती पाण्डेले कोरोना बिरुद्धको लडाइमा काँग्रेसको पुर्ण साथ रहेको भन्दै राहत बितरणमा अनियमिता हुन नदिन सर्बदलीय बैठकबाट नाम सिफारिस गर्ने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।
राहत बितरणमै अनियमितता र भेदभाव हुने गरेका गुनासा आइरहेकाले त्यसलाई पारदर्सी बनाउनु पर्नेमा काँग्रेस बुटवल नगर समितिको जोड छ । रोजगारीकालागि भारत गएकालाई शंकटकै घडीमा आफनो देश फर्कनबाट रोक्नु अमानवीय कार्य भएको भन्दै उनीहरुलाई तत्काल उद्यार गरी आफनै देशका क्वारेन्टाइनमा राख्नुपर्ने काँग्रेसको माग छ ।
यसैबिच नेपाल महिला संघ रुपन्देहीले बाबुराम मृत्यु प्रकरणको छानबिन गरी पिडीत परिवारलाइ क्षतीपुर्तिको माग गरेको छ । महिला संघका सभापती गंगा शाहीद्वारा जारी बिज्ञप्तीमा कोरोना रिर्पोट नेगेटिभ देखिएपछि उक्त अस्पालमा चार दिनसम्म किन उपचार नगरी बिरामी राखीयो भन्ने प्रश्न गम्भिर बनेको भन्दै छानबिनको माग गरीएको हो । आर्थिक अवस्था कमजोर रहेको परिवारले अभिभावक गुमाउदा श्रीमती र नाबालक छोराहरुको बिचल्ली भएकाले सम्बन्धित निकाय र सरकार जिम्मेबार हुनु पर्नेमा जोड दिइएको छ ।
त्यस्तैगरी सैनामैना नेपाली काँग्रेसले पनि सत्यतथ्य छानविन गरि उचित क्षतीपूर्ति उपलब्ध गराउन माग गरेको छ । नेपाली काँग्रेस सैनामैनाका नगर सभापति रामप्रसाद अधिकारीले बिहिबार नै एक बिज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न र मृतकका परिवारलाई उचित क्षेतीपूर्तिको व्यबस्था गर्न माग गर्नुभएको हो ।
त्यस्तै नेपाल तरुण दल रुपन्देहीले पनि मृतक थापाको परिवारलाई क्षतीपूर्ति उपलब्ध गराउन सरकारसंग माग गरेको छ । अस्पतालमा मृत्यु भएका थापाको कोरोना भाईरस नेगेटिभ भएपछि पनि किन कोरोना अस्पतालमा लगिएको भन्दै लापरवाहीकै कारण थापाको मृत्यु भएकाले उचित क्षतीपूर्तिको माग गरेको हो ।
नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले बिज्ञप्ती जारी गरी थापाको निधनमा अस्पताल प्रशासन तथा स्थानीय र प्रदेश सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ । त्यस्तैगरी सिमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश आउने वातावरण बनाउन पनि सरकारसंग आग्रह गरिएको छ ।