सिमा नाकामा अलपत्र परेकाको उद्धार गर्न सरकारसंग नेपाली काँग्रेसको माग

693

सिमा नाकामा अलपत्र परेकाको उद्धार गर्न सरकारसंग नेपाली काँग्रेसको माग

रेमिट्यान्सका माध्यमबाट देशको अर्थतन्त्र धानेका नेपाली युवाहरु भारतीय सिमानाकाहरुमा अलपत्र परेको विषयमा गंंभिर ध्यानाकर्षण भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ । आफ्नै देशमा आएर क्वारेन्टाईनमा वस्न तयार भएका सिमामै रहेका नेपालीहरुलाई स्वदेशमा आउने वातावरण बनाउन सरकारसंग कांग्रेसले माग गरेको छ ।
स्वास्थ्य संवेदशिलतालाई बुझ्दै कतिपय व्यवहारिक कठिनाईलाई भारतीय पक्षसंग संवाद गरि समस्याको समाधान गर्न सकिने भन्दै सिमावाट उद्धार गरिएका नेपाली युवाहरुलाई सरकारले स्वास्थ्य परिक्षण गरेर दिए उनीहरुलाई खानेवस्ने व्यवस्था नेपाली कांग्रेस रुपन्देहीले गर्ने पनि जनाईएको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक र सचिव रामकृष्ण खांणद्वारा जारी गरिएको विज्ञक्तिमा यसरी अलपत्र परेका सबैलाई राख्न आवश्यक परे आफ्नै पार्टी कार्यालय समेत दिन तयार रहेको उल्लेख गरिएको छ । पटक–पटक दशगजा क्षेत्रमा आएर अलाप गरिरहेका नेपालीलाई नेपालमै राखेर उनीहरुको स्वास्थ्य परिक्षण देखि खानपानको व्यवस्थापनमा कांग्रेसले जोड दिएको हो ।