कुटपिट हुदा दुई घाइते, कुटपिटमा संलग्न चार प्रहरी नियन्त्रणमा

कुटपिट हुदा दुई घाइते, कुटपिटमा संलग्न चार प्रहरी नियन्त्रणमा

पाल्पाको रामपुर नगरपालिका वडा नं १० माथिल्लो कुमाल गाउँमा कुटपिट हुदा दुई जना घाइते भएका छन् । बुधवार साँझ करिव ६ बजेको समयमा माथिल्लो कुमाल गाउँको एक भट्टी पसलमा कुटपिट हुदा दुई व्यक्ति घाइते भएका हुन् ।
माथिल्लो कुमाल गाउँ बस्ने वर्ष २५ का कृष्ण कुमाल र वर्ष २६ का भिमबहादुर कुमाल घाइते हुनुभएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार पश्चात् बिहिवार बिहान भिमबहादुरको अवस्था सामान्य रहेकाले मेडिकल कलेजले उहाँलाई डिस्जार्च गरेको छ ।
अर्का घाइते कृष्ण कुमालको टाउकोमा चोट लागेकाले थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा झै झगडा हुदा कुटपिट भएको हो । कुटपिट गर्ने चार जनालाई हुँगी प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।
पक्राउ पर्नेमा तल्लो कुमाल गाउँका वर्ष २२ का कृष्णबहादुर कुमाल, २४ वर्षीय अशोक कुमाल, २३ वर्षीय दिलबहादुर कुमाल र १८ वर्षका एक जना बालक रहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares