रुपन्देहीको शंकरनगरमा रहेको मणिप्रभा बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा रु ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
संस्थाका कार्यबहाक अध्यक्ष मानबहादुर केसी (सुमन) र सचिव खगेश्वर भण्डारीले रु ५१ हजारको चेक तिलोत्तमा नगरपालीकाले स्थापना गरेको कोरोना राहत कोषमा जम्मा हुने गरी नगरपालीकाका कार्यकारी प्रमुख माधव शर्मालाई हस्तान्त्रण गर्नुभएको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउनको लागि संघीय सरकार र प्रदेश सरकारले राहत कोष संचालन गरिरहेका बेला स्थानीय सरकारले संचालन गरेको कोरोना भाइरस राहत कोषमा सबै जीम्मेवार नागरीक तथा संघसंस्थाले सहयोग गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै सहकारीले आर्थिक सहयोग गरेको अध्यक्ष केसीले जानकारी गराउनु भयो ।