कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको उपचारमा प्रयोग हुने सुरक्षा सामाग्रीको अभाव देखिएको बेला बुटवल पब्लिक स्कुल रुपन्देहीले प्रस्लन प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) सहयोग गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाममा खटिने जनशक्तिलाई काम गर्न सहज होस भन्ने उद्देश्यले बिद्यालयले पिपिइ प्रदान गरिएको बिद्यालयका अध्यक्ष हेमलाल भुसालले जानकारी गराउनु भयो ।
रुपन्देहीको शंकरनगर स्थित दुर्गादत्त माध्यमिक बिद्यालयमा सञ्चालन गरिएको सञ्चालन गरिएको क्वारेन्टाईनकालागि २० सेट पिपिई प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको दुर्गादत्त माध्यमिक बिद्यालयमा सञ्चालत क्वारेन्टाईनकालागि प्रदान गरिएको उक्त पिपिई बिद्यालयका अध्यक्ष शर्माले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यसै अवसरमा त्यस क्षेत्रमा जनतालाई समेत बिद्यालयले निःशुल्क मास्क वितरण गरेको छ । त्यस्तैगरी बुटवल पब्लिक स्कुलले बुटवल र तिलोत्तमाको सडकमा खटिने प्रहरीलाई समेत मास्क र खानेपानी वितरण गरेको हो ।