कपिलवस्तुको बिजयनगर गाउँपालिकामा लागलागि भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ गुगौली गाउँमा आगलागी हुँदा २५ घरगोठ जलेर नष्ट भएका छन् । अत्यधिक हावाहुरीका कारण आगलागी भएको बताइएको छ । आगलागिमा लाखौँको क्षती भएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार स्थानीय काशीराम यादवको घरबाट आगो लागेपनि उनीहरु खेती स्याहार्न गएकाले के कसरी आगो लागेको हो, खुल्न सकेको छैन । आगलागीबाट स्थानीय बासिन्दाको लत्ताकपडा, नगद, खाध्यान्न लगायत जलेर नष्ट भएका छन् । स्थानीय वासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र एउटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।