खाद्यान्न वितरणका लागि काँग्रेस रुपन्देहीले विपन्न तथा मजदुरको तथ्यांक संकलन गर्दै

1.1K

खाद्यान्न वितरणका लागि काँग्रेस रुपन्देहीले विपन्न तथा मजदुरको तथ्यांक संकलन गर्दै

नेपाली काँग्रेस रुपन्देहीले गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरणकालागि डाटा संकलन गर्न वडा समितिलाई निर्देशन गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको पदाधिकारीको शुक्रबार बसेको बैठकले कारोना भाईरस (कोभिड–१९) भित्रिन नदिनकालागि सरकारले लकडाउन गरेपनि त्यसको मारमा परेकालाई राहत प्रदान गर्नकालागि दैनिक ज्याला मजदुरी गरी खाने वर्गको तथ्यांक संकलन गर्नकालागि जिल्लाका १६ स्थानीय तहका १५५ वटै वडालाई आग्रह गरेको हो ।
बैठकले जिल्लाका सबै निकाय, वडा, गाउँ÷नगर, प्रदेश क्षेत्र र संघीय क्षत्र तथा सुभेच्छुक संघहरुलाई दैनिक ज्याला मजदुरी गरि खाने, बिपन्न, असाहाय तथा गरिवकालागि राहत कार्यक्रममा जुट्नकालागि त्यस्ता व्यक्तिको तथ्यांक संकलन गर्न आग्रह गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले छिमेकी मित्रराष्ट्र भारत नौचुनहवा इन्टर मियट कलेज, नौतुनहवा आश्रय पद्धती स्कुल, गान्धि नगर सुनौली शुवास चन्द्र हाईस्कुल र सुनौलीमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने वातावरण बनाउन र उनीहरुको स्वास्थ्य परिक्षण गराई क्वारेन्टाईनमा राख्न समेत आग्रह गरिएको छ । त्यस्तै सरकारले नेपाली काँग्रेसलाई जिम्मा दिएपनि उनीहरुलाई पार्टी कार्यालयमा बस्ने, खाने व्यबस्था मिलाउने समेत निर्णय गरिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले कोरोना महामारीको समयमा मापदण्ड विपरित स्वास्थ्य सामाग्रि खरिद प्रकृयामा भएको अनियमितता र भ्रष्टाचारमा संलग्न व्यक्तिलाई छानविन गरि दोसीलाई पद मुक्त गरी कारवाही गर्न समेत माग गरिएको छ ।
विश्वमा महामारीको श्रपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) नियन्त्रणकालागि सरकारले सञ्चालन गरेका कार्यक्रमलाई अक्षरस पालना गर्न र सतर्कता अपनाउनकालागि समेत सबैलाई आग्रह गरिएको छ ।