कोरोना ( Covid-19) कविता

2.1K

कोरोना ( Covid-19) कविता


एन्जीला पोख्रेल
कक्षा – ९
ईन्टलेक्च्युअल एकाडेमी
बुटवल

– मुकुटको आकारमा गर्दैछ सारा संसारलाई बिजय ।
चन्द्रमामा पुग्ने मानिसका लागि भित्र्याइदियो पराजय ।।
– कोरोना नाम हो यसको ज्यान लिने काम ।
न त दियो सुख न त खानलाई माम ।।
– कण हो तर छैन वाणभन्दा कम ।
तोपभन्दा ठुलो बल अनि छ यसमा दम ।।
– पिंजडामा बसे जस्तै बनाइदियो मानिसको जीवन ।
सामाजिक मानिसलाई सिकाइदियो अमानवता र भेदन ।।
-झन्डै सखाप पार्दैछ सारा बिश्वको शान्तिलाई ।
क्षमता छ जसमा भित्र्याउने क्रान्तिलाई ।
– संसारलाई एउटा पाठ सिकाउन आएको छ बिपत्ति ।
भित्रीएको महामारी जसको ज्यान लिने छ प्रवृत्ति ।।
-न त देख्यो धनी न त गरिब ।
लिदै छ ज्यान हेर अहिले लाखौंको करिब ।।
-रुघाखोकीलाई सस्त्र बनाइ प्रहार गर्दैछ हामीलाई ।
सरसफाइ गरौ है भनी भन्दैछ बिश्वबासीलाई।।
– कर्मको सजाय सायद दिएको होला हामीलाई ।
धर्ती मातालाई चोट दिएका निर्दयी पापीलाई।।
-अमेरिका जस्तो देशलाई झुकायो कत्रो है आट ।
यसले नछोएको छैनहोला संसारको कुनै फाट ।।
– बिश्वब्यापी महामारी आब्बैइ नी मुटु झस्काइदिने ।
मानव जातीलाई आफ्नो कुकर्मको पहिचान गराइदिने ।।
– घरमै बसेर समाप्त पारौ कोरोनाको कहरलाई।
यस्तो बिपत्तिबाट मुक्त गरौ एकजुट भएर संसारलाई।।
#######धन्यवाद ***********