इटलीमा मृत्यु हुनेको संख्या घट्दै दुई साताकै कम

392

इटलीमा मृत्यु हुनेको संख्या घट्दै  दुई साताकै कम

बुटवल २४ चैत्र / इटलीमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुने मानिसको संख्या दुई सातायताकै कममा झरेको छ

। आ इतबार इटलीको सिभिल प्रोटेक्शन मिनिस्टि्रले दिएको जानकारी अनुसार २४ घण्टामा ५२५ जनाको यो भाइरसको कारण मृत्यु भएको हो ।

यससँगै इटलीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १५ हजार ८७७ पुगेको छ । आइतबार सार्वजनिक गरिएको दैनिक मृत्यु हुनेको संख्या इटलीको लागि दुई सातायताकै कम हो ।

इटलीमा आइतबार चार हजार ३१६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इटलीमा समग्र संक्रमितको संख्या पनि एक लाख २८ हजार नाघेको छ ।

संक्रमितको संख्यामा पनि पछिल्लो केही दिनयता निरन्तर कमी आइरहेको छ । अहिलेसम्म इटलीमा २१ हजार ८१५ जना संक्रमित निको भइसकेका छन् । अहिले इटलीमा ९१ हजारभन्दा धेरै कोभिड-१९ का बिरामी निको हुन बाँकी छन् ।

इटलीमा पछिल्लो साता सातादेखि भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ ।