बुटवल २४ चैत्र /सरकारले बन्दाबन्दी (लकडाउन)को अवधि वैशाख ३ गतेसम्मका लागि बढाएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ३ गतेसम्म बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेपालमा कोरोनाभाइरसको दोस्रो संक्रमण पुष्टि भएपछि २ सातादेखि मुलुक लकडाउनमा छ ।
हाल नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ, जसमध्ये १ जना निको भएर घर फर्किएका छन्
अन्य ८ संक्रमितमध्ये २ जना काठमाडौं, २ जना बाग्लुङ र ४ जना धनगढीमा उपचाररत छन् ।