
बुटवल, २५ चैत । जलेश्वर भवानी संगम कुसुमखोला पाल्पा, बुटवल रुपन्देहीले बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बाबुराम थापाको दाहसंस्कार तथा परिवारलाई न्यायोचित व्यबस्थापनको लागि प्रदेश सरकारसंग आग्रह गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ५ कुसुमखोलाका थापा यहि चैतको १६ गते आईतबारका दिन बुटवलको कोरानो बिशेष अस्थायी अस्पतालमा मृत्यु भएको थियो ।
जलेश्वर भवानी संगम कुसुमखोला पाल्पा केन्द्रीय कार्यालय रुपन्देहीले मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका नाममा एक अपिल प्रकाशित गरि थापाको मृत्यु भएको दशौं दिनसम्म पनि शव नउठ्नु अत्यन्तै दुःखद भएको र प्रदेश सरकारको क्षमतामा समेत गम्भिर प्रश्न खडा भएको सो संस्थाले उल्लेख गरेको छ । संस्थाका अध्यक्ष भक्तराम ज्ञवाली र सचिव बसन्तप्रसाद ढकालद्वारा जारी अपिलमा अस्पताल प्रशासनको गम्भिर त्रुटीका कारण थापाको निधन भएको उल्लेख गर्दै शवको दाह संस्कार गर्ने वातावरण बनाउन र मृतक थापाको परिवारलाई न्यायोचित व्यबस्थापनको माग गरिएको छ ।