समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ: पत्रकार महासङ्घ

471

समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ: पत्रकार महासङ्घ

बुटवल २५ चैत्र /नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएका छन् ।

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।