गणेशमान सिंह स्मृति पुस्तकालयको अपिल

1.3K

गणेशमान सिंह स्मृति पुस्तकालयको अपिल

बुटवल २६ चैत्र/ आज चैत्र २६ गते अर्थात प्रजातन्त्र पुनः स्थापनाको दिन (२०४६) को अवसरमा त्यसका सर्बोच्च कमान्डर गणेशमान सिंहको ” निस्वार्थ रूपमा जनताको सेवा नै मुल राजनैतिक धर्म हो ।” भन्ने भावनालाई स्मरण गर्दै आवश्यकता भएकालाई सहयोग गरौं भन्ने उच्च भावनालाई अभियानको रूपमा लागू गर्न सबैमा गणेशमान सिंह स्मृति पुस्तकालय , रुपन्देहीलेअपिल गरेको छ । बिश्व ब्यापी महामारी कोरोना भाइरस (कोबिड-१९) बाट बच्न देश अहिले लकडाउन भएको अवस्थामा छ ।

राष्ट्र बिपत्तमा परेको बेला हुनेले नहुनेलाई सहयोग गर्ने स्थितिमा नेपाल भित्र बसोबास गर्ने दैनिक ज्यालादारी श्रमिक, बिपन्न परिवारहरूलाई बाच्नका लागी न्युनतम आवश्यकता पूरा गर्न नसकेकालाई सहयोग गर्ने गरि पुस्तकालय सचिवालयको तर्फबाट जुनसुकै बेला , परिस्थिति अनुकुल मिलाएर न्युनतम जिविको पार्जनको लागि सहयोग गर्न तयार भएको घोषणा गरेको कुरा पुस्तकालयका अध्यक्ष तेज प्रसाद लामिछानेले बताउनु भएको छ । यो महामारी र अन्योलको स्थिति चाडैं अन्य होस् भनी आ-आफनो स्थानबाट कामना गरौं भने सबैलाई अनुरोध समेत गरिएको छ ।