तिनाउ मिसन बैकद्वारा खाद्यान्न वितरण

1K

तिनाउ मिसन  बैकद्वारा खाद्यान्न वितरण

बुटवल, ३० चैत । तिनाउ मिसन डेभलप्मेन्ट बैक लिमिटेड तामनगर शाखाद्वारा खाद्यान्न सामाग्री वितरण गरिएको छ । बुटवल १२ तामनगर स्थित चौराह टोल र समावेसि टोलका विपन्न परिवारलाई लक्षीत गरी बैकले सो राहत सामाग्री वितरण गरेको हो ।

बुटवल १२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी र बैकका स्टाफको उपस्थितीमा दुवै टोलामा रहेका १८ विपन्न घरपरिवारलाई ५० केजि चामल, २ कार्टुन तेल र २५ केजी दाल हस्तान्त्रण गरिएको तिनाउ मिसन डेभलप्मेन्ट बैंक लिमिटेड तामनगर शाखा प्रमुख निशा थापाले जानकारी दिनुभयो । कोरोना भाईरसको यस विषम परिस्थितीमा लकडाउनका कारण ज्यालादारीमा काम गरि खाने विपन्न परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्येश्यका साथ खाद्यन्न सामाग्री वितरण गरिएको शाखा प्रमुख निशा थापाले जानकारी दिनुभयो । साथै आगामी दिनहरुमा पनि लक्षीत वर्गलाई सहयोग गरि रहने उहाँको भनाई थियो ।