रूपन्देहीमा राहत बितरणलाइ पारदर्शी बनाउन माग

514

रूपन्देहीमा राहत बितरणलाइ  पारदर्शी बनाउन माग

बुटवल, चैत/ राहत बितरणलाइ बिना पूर्वाग्रह र पारदर्शी बनाउन रूपन्देहीका ९ दलले माग गरेका छन् ।

राहत बितरण व्यबस्थित र नियमित नभएको भन्ने जनगुनासो आइरहेको उनीहरुको ठहर रहेको छ । उनीहरूले बुटवल उपमहानगरपालिका संग राहत बितरणलाई पारदर्शी बनाउन समेत माग गरेका छन् ।

ज्यालादारीमा काम गर्ने मजदुरहरू,न्यून आय भएका विपन्न परिवारहरू र भाडामा बसेका विद्यार्थीहरू लगायत कोही पनि भोको नरहने गरी बिना पूर्वाग्रह व्यवस्थित र नियमितरूपमा राहत वितरण गर्न माग गर्दछौँ बुटवलमा शनिबार सम्पन्न भएको बैठकपछि जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुहरूलाई व्यवस्थापन गर्न सरकारका सबै निकायहरूको भूमिका प्रभावकारी नदेखिएको भन्दै प्रतिपक्षी दलहरुले यात्रुहरूको खानपिनसहित उचित व्यवस्थापन गर्न माग गरेका छन ।

उनीहरुले लामो समयदेखि सिमानामा आएर क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई स्वास्थ्य परीक्षण गरी आ आफ्नो गन्तव्यमा पुर्याउन माग गरेका छन ।

कोरोना भाइरसको जोखिम बढेको कारण लकडाउन अवधिभरि भारतिय कृषि उपज सामग्री आयात पूर्णरूपमा बन्द गर्न र स्वदेशी कृषि उपजको आवागमन सहज बनाउन आग्रह गरेकाे कांग्रेसका नगर सभापति खेलराज पाण्डेयले बताए ।

बैठकमा नेपाली कांग्रेसका उपमहानगर सभापति खेलराज पाण्डेय उपसभापति बिमलराज भट्टराई , नेमकिपा जिल्ला अध्यक्ष हरिसुन्दर बासी , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तुल्सीराम शर्मा , राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण , राजपाका नगर संयोजक राजेन्द्र अग्रहरी , नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मानवहादुर कुँबर,समाजबादी पार्टिका अध्यक्ष बामदेब भुसाल, नेकपा मालेका अध्यक्ष भरत पराजुली र राष्ट्रिय जनमुक्ति पार्टिका अध्यक्ष थर्कबहादुर बाह्रघरेको सहभागिता रहेको थियो ।