इन्स्योरेन्स प्रोफेसनल सोसाइटीद्वारा राहत बितरण

1.1K

इन्स्योरेन्स प्रोफेसनल सोसाइटीद्वारा राहत बितरण

बुटवल ,८ वैशाख / बुटवल ११ देबिनगरको हात्तीसुडमा ७० बिपन्न परिवारलाई राहत बितरण गरिएको छ ।नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनीद्वारा राहत स्वरुप चामल ,दाल ,नुन र साबुन प्रदान गरिएको थियो ।

सोसाइटीका अध्यक्ष बिश्वदिप नेपालको अध्यक्षतामा दिएको राहत कार्यक्रमको ब्यबस्थापन प्राइम लाइफ इन्स्योरेन्स बुटवलकि ब्यबस्थापक रिता के सी ले गर्नु भएको थियो राहत रकम सोमबार बिहान बितरण गरिएको थियो ।

बितरण कार्यक्रममा अस्थायी प्रहरी चौकी देबिनगरक प्रहरी सहायक निरीक्षक रुम के सीले सहजीकरण गरेका थिए।

केही दिन पहिला पनि ओमन क्यार एण्ड डेभलपमेन्ट सोसाइटी नेपालले राहत बितरण गरेको छ ।बुटवल ११ बुद्धनगर, सृजनानगर , देबिनगरमा भाडामा बस्ने बिपन्न परिवारहरुलाई चामल ,दाल ,तेल ,घ्युउ लगाएतका सामानहरु राहतको रूपमा दिएको सस्थाकी अध्यक्ष रिता के सीले जानकारी दिनुभयो ।