बुटवल १० बैशाख /नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ४५ पुगेको छ ।
धरानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको छ ।
कोरोना पोजेटिभ देखिएका व्यकितहरू २४, ६० र ७२ वर्षका पुरुष छन् । कोरोनाका कुल ४५ संक्रमितमध्ये ७ जना निको भएर घर फर्किएका छन् ।
आज कोरोना पुष्टि भएकाहरूलाई अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।