नेपालमा कोरोना संक्रमित ५२ पुगे , १६ जना उपचारपछि घर फर्के

1.3K

नेपालमा कोरोना  संक्रमित ५२ पुगे , १६ जना उपचारपछि घर फर्के

बुटवल १४ बैशाख / झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।