कोरोना संक्रमितको संख्या ५७ पुग्यो ,बुधवार थप ३ जना भेटिए

1.3K

कोरोना  संक्रमितको संख्या ५७ पुग्यो ,बुधवार थप ३ जना भेटिए

 बुटवल १७ बैशाख / नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

बाराका २ र पर्साका १ गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी गरेको हो ।



भारतबाट नेपाल आएका उनीहरू सिमराको क्वारेन्टाइनमा रहेका थिए । त्यहाँबाट अहिले नारायणी अस्पताल वीरगञ्ज लगिएको देवकोटाले बताए ।



कुल संक्रमित ५७ जनामध्ये ४१ जना उपचाररत छन् भने १६ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी विराटनगरमा ३१, वीरगञ्जमा ८, धनगढीमा १ र भरतपुरमा १ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।