नेपालगञ्जमा थप ६ सहित एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा ७५ पुग्यो

710

नेपालगञ्जमा थप ६ सहित  एकैदिन १५  जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा ७५ पुग्यो

बुटवल ,२१ बैशाख / बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।