बुटवल, वैशाख २२ ।विमन केयर एण्ड लिडरसिप डेभलपमेण्ट सोसाईटी रुपन्देहीले नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको समन्वयमा जिल्लाका ६० जना पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको सोसाईटी रुपन्देहीकी अध्यक्ष रीता केसीले बताउनुभयो ।
कोरोनाको तरासका बीचमा पनि नागरिकलाई सुचना प्रवाह गर्न र जनतालाई सुसुचित गर्ने काममा खटिने पत्रकारलाई सुरक्षामा केही भएपनि सहयोग पुराउने मनसायले मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
सामाजिक उत्तरदाईत्व बहन गदै समाचार संलनका लागि फिल्डमा खटिने युनियनका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । प्रेस युनियनरुपन्देहीले यस अघि युनियनमा आवद्ध पत्रकारलाई मास्क, स्यानिटाईजर र पंन्जा प्रदान गरेको थियो ।
फिल्डमा खटिने युनियनमा आवद्ध पत्रकारलाई वितरण गरिएकोमा आगामी दिनमा पनि यस्तो कायलाई निरन्तर प्रदान गरिने सभापति रेखा भुसालले बताउनुभयो