लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषद निर्णय

702

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषद निर्णय


बुटवल २४,वैशाख । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । यसअघि घोषित लकडाउन वैशाख २५ गते सम्म रहेको थियो ।