लायन्स बुटवल युथद्वारा सडकयात्री र सुरक्षाकर्मीलाई लक्षित गरि खानेपानी धारा

779

लायन्स बुटवल युथद्वारा सडकयात्री र सुरक्षाकर्मीलाई लक्षित गरि खानेपानी धारा


बुटवल । समाज सेवामा कृयाशिल लायन्स क्लव अफ बुटवल युथले बुटवलकाे वडा नं.५ पूर्वपश्चिम राजमार्ग नेपालगंज राेडमा फूट प्रसर हेण्ड बाँस (खुट्टाले चलाउने हात धुने धारा) राखिदिएकाे छ ।
काेराेना भाईरसका कारण बाटामा हिंड्ने बटुवा र सडकमा खटिने सुरक्षाकर्मीलाई सहज हाेस भन्ने उद्देश्यले क्लवले उक्त धारा राखिदिएकाे क्लवका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयाे ।
बुटवल उपमहानगरपालिका वडा नं. ५ ले धाराकाे सुरक्षा तथा पानीकाे व्यबस्थापन गर्नेगरी राखिएकाे धाराकाे लायन्स क्लवका डिष्टक काे चिफ एड्भाइजर अर्जुनमान सैजु, सुरेसरत्न बज्राचार्य, नारायन न्याैपाने, एरिया चिफ बिनाेद खरेल, वडा सदस्य यम बराल, रिजन चियरप्रसन जाकिर हुसैनले उद्घाटन गर्दै शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
क्लवका अध्यक्ष दिपक श्रेष्ठकाे अध्यक्षता, मनमाेहन गुभाजुकाे संयाेजन तथा सचिव बिष्णु काफ्लेकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे ।
काेराेना भाइरसकाे संक्रमण राेक्नका लागि सरकारले लकडाउन गरेकाे समयमा समेत यसबाट प्रभावितका लागि राहत वितरण लगायतका समाज सेवाका काम क्लवले गर्दै अाएकाे छ ।