आगामी आ.व.को प्रि–बजेट छलफल सुरु

आगामी आ.व.को प्रि–बजेट छलफल सुरु

गत शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशन अन्तरगत आज (आईतबार)देखि संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथिको छलफल सुरु भएको छ । ११ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठक र दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नुहुने कार्यक्रम छ ।
यो प्रि–बजेट फलफल तीन दिनसम्म चल्नेछ । जेठ १५ मा बजेट पेश गर्नैपर्ने भएका कारण आजैदेखि प्रिबजेट छलफल सुरु गरिएको हो । त्यस्तै सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम तय गरिएको छ ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ । त्यसैगरी १५ गते आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुने छ ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares