नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा वाणगंगामा वडाले राहत दिन छुटेकालाई राहत वितरण

1.3K

नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा वाणगंगामा वडाले राहत दिन छुटेकालाई राहत वितरण


कपिलवस्तु । नेपाली कांग्रेस निकट दुई भातृ संगठनले कपिलवस्तु जिल्लामा उदाहरणीय काम गरिरहेका छन् । पछिल्लो समयमा विश्वभर कोरोना महामारीबाट बच्न सरकारले देशमा लकडाउन घोषणा गरेपछि लामो समयको लकडाउनको चपेटामा परेका विपन्न परिवारहरुको घरघरमा अति आवश्यक सामग्री लिएर नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ पुगेका छन् । लकडाउनको यो विषम परिस्थितीमा दोस्रो चरणको राहत स्थानीय तहले अझै सुरु नगरेको अवस्थामा कपिलवस्तु जिल्लालाई प्रतिनिधित्व हुने गरी महिनाभर गाडीभरी राहत बाँड्दै हिँडेका यी दुई संगठनले फेरि दोश्रो चरणको राहत वितरण सुरु गरेका छन् ।
तरुण दल र नेविसंघले दोस्रो चरणको राहत गरि कपिलवस्तुमा १ हजार घरपरिवारलाई वितरण गरिरहेका छन् । सोहि क्रममा आईतवार कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३ वटा वडाका १ सय ३० बढि परिवारलाई राहत वितरण गरेको छ । वाणगंगा नगरपालिका ११ वडाको ओदारी, वडा नं. १० को पट्ना र मेचकुरी डांडा र वडा नं. ५ को कोपवा र झण्डाका १ सय ३० बढि परिवारलाई राहत स्वरुप सामाजिक दुरी कायम गरी प्रतिपरिवार एक एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको नेविसंघ क्षेत्रनम्बर १का सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।
कुनै गरिव परिवार भोकै बस्न नपरोस भन्ने उद्देश्यले विशुद्ध समाजिक सेवामा समर्पित भई सामाजसेवामा खटिएको पोख्रेलले बताउनु भयो ।

लकडाउन घोषणा भईसकेपछि श्रमिक, मजदुर, गरिव तथा अति विपन्न परिवारलाई धेरै नै समस्या हुने गरेको छ । त्यही समस्यालाई बुझेर तरुण र विद्यार्थीहरुले खाजा र अन्य फजुल खर्च कटाएर राहत वितरण गरेको तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले जानकारी दिनु भयो । यस्तो विपत्तिमा कसैले राजनीति गर्न नहुने भन्दै ठकुरीले सबै मिलेर हातेमालो गरेर जुधेमा मात्र कोरोनाको लडाईमा जित हासिल गर्न सकिने बताउनु भयो । साथै उहाँले नगरपालिका र प्रदेश सरकारले कोरोना विपत्तिमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य रबि बहादुर काफ्ले, जिल्ला समन्वय समिति उपाध्यक्ष तारावती चौधरी, क्षेत्रीय कोषाध्यक्ष ज्ञानु कार्की, तरुण दल क्षेत्रीय सभापति तिलक थापा, सदस्य दिपक घिमिरे, कृष्ण पराजुली, नेविसंघका इकाई सभापति दिनेश क्षेत्री, कांग्रेसका नेता मुकेश खनाल, बलराम घिमिरे, लक्ष्मण कडेंल, भग्गु चौधरी, वडा सभापति गोबिन्द चौधरी, शालिकराम पौडेल, राम बिहारि चौधरी, नगर सदस्य जेद प्रकाश खनाल, गेल्हईराम गुप्ता, वडा सदस्यहरु राम नक्षत्र चौधरी, दिलमाया थापा, बिन्दु बिक लगायतको उपस्थिति रहेको थियो ।