बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल गर्नुपर्ने बताउनु भयो । कुनै पनि देशको राष्ट्रियता,अखण्डता, एकता र सद्भावमा अर्को देशले खलल र्पुयाउने गतिविधि अन्तर्रा्ष्ट्रिय कानुनको विरुद्धमा हुने उहाँले बताउनु भयो ।
विरोधमा सहभागीले लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, भारतीय सेना कालापानीबाट फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
