बुटवल । आज (सोमबार) कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै आज एकैदिन २४ जना संक्रमित भेटिएका छन् । कपिलवस्तुका ६, रुपन्देहीका ६ जना र बर्दियाका एक जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ र समरीमाई वडा नंं ७ का ६ जनामा कोरोना पुष्टि । त्यस्तै कपिलबस्तुमा बुद्धभुमी र यसोधरा गाउपालिकामा ६ र बर्दियाको राजापुर गा.पा ५ का एक जनामा गरी पुनः १३ जनामा कोरोना पुष्टि
यीसँगै आज (सोमबार) एकै दिन कोरोना संक्रमित भेटिएको संख्या २४ पुगेको छ । मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।