बिपन्न परिवारलाई बुटवल उद्योग वाणिज्य संघको सहयोग

बिपन्न परिवारलाई बुटवल उद्योग वाणिज्य संघको सहयोग


बुटवल । बुटवल उद्योग बाणिज्य संघले बिपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । संघले बुटवल वडा नं. ६ का अति बिपन्न २४ घर परिवारलाई ५ सय किलो चामल, सय किलो दाल र सय किलो नुन प्रदान गरिएको संघका कार्यसमिति सदस्य मुक्ति अधिकारीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगर पालिका वडा नं. ६ को रोहवरमा भएको खाद्यान्न बितरण कार्यक्रममा संघका अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेल, मुक्ति अधिकारी, संघको खाद्यान्न बस्तुगत समितिका सभापति बिष्णु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share