कपिलवस्तुको शिवराजका तीन जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ७६ पुग्यो

1.3K

कपिलवस्तुको शिवराजका तीन जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ७६ पुग्यो

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार चन्द्रौटाका तीन जनामा कोरोना देखिएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परिक्षणमा २५, ३४ र ४४ बर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थप तीन जनामा कोरोना देखिएसंगै जिल्लामा संक्रमितको संख्या जिल्लामा ४३ पुगेको छ । जिल्लाका १० स्थानीय तह मध्ये महाराजगञ्ज बाहेक सबैमा कोरोना फैलिसकेको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ ।