कोरोना अपडेटः नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

1.3K

कोरोना अपडेटः नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे


बुटवल । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ( आइतबार ) बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का बासिन्दा रहेको खुलेको हो । उनीहरू १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष रहेका छन् । संक्रमित २ सय ९१े मध्ये ३६ जना स्वस्थ भएर घर फकिँदा १ संक्रमितको मृत्यु भएको छ