नेपालमा कोरोना अपडेटः थप ३ जनामा कोरोना पुष्टि, संक्रमित २९५ पुगे

1.3K

नेपालमा कोरोना अपडेटः थप ३ जनामा कोरोना पुष्टि, संक्रमित २९५ पुगे

बुटवल । प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।
उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।