बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेलाई कोरोना संक्रमित बिरामीका आफन्त र परिवार संग सार्बजनिक माफि माग्न भनेको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे तथा अस्पताल सञ्चालक सदस्यहरुको नाम उदृत गर्दै विभिन्न मिडियामा अफवाह फैलाएपछि नेपाली कांग्रेस रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै गलत समाचारको खण्डन गरेको छ । रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणद्वारा हस्तारक्षित बिज्ञप्तीमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भयो भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानविय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवार संग सार्बजनिक रुपमा माफि माग्नु पर्ने बताउनु भएको हो ।भेन्टिलेटरको सहायतामा रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ , साथै निजको पुन कोरोना ( स्वाब) परिक्षण गराउन माग गरेको छ ।
यसै गरी क्रिमसन अस्पतालले पनि एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ । विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितको मृत्यु भएकोे भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न विज्ञप्ति मार्फत आग्रह गरेको थियो । बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो ।
